अरुको देशमा पसिना बगाउनु भन्दा आफ्नै पौरखले मातृभूमिलाई सिञ्चित गरौं भन्ने पवित्र सोचका साथ हामीले यो कृषि फार्मको सुरुवात गरेका हौं। नेपालमै बसौं, नेपालमै केही गरौं र माटोसँग माया गाँसेर उत्पादनमूलक कर्ममा अघि बढौं भन्ने हाम्रो मुख्य उद्देश्य हो। गाउँघरमै बसेर पनि जाँगर चलाउने हो भने आत्मनिर्भर बन्दै मज्जाले जीविकोपार्जन गर्न सकिन्छ। त्यसैले, हाम्रै मेहनत र पौरखलाई साची राखी, गाउँका कुनाकाप्चामा उत्पादित स्वच्छ र ताजा सामग्रीहरूलाई सबैको भान्सासम्म पुर्याउन हामी प्रतिबद्ध छौं। आउनुहोस्, स्थानीय उत्पादनलाई माया गरौं र सामूहिक प्रयासबाट गाउँलाई नै समृद्ध बनाऔं।
From tropical Terai to temperate highlands, our guide helps farmers and resellers understand which crops match each climate zone.
Open the Guide